२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

‘उज्यालो नेपाल पार्टी’ को घोषणा सभामा सुमना पनि

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा घोषणा हुन लागेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक कार्यक्रममा पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठको उपस्थित भएकी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी पछिल्लो समय स्वतन्त्र हैसियतमा रहेकी श्रेष्ठ बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी पार्टी घोषणा सभामा अकस्मात् पुगेकी हुन्।

कुलमान घिसिङको नेतृत्वमा नयाँ शक्ति निर्माण गर्ने गृहकार्य चलिरहँदा श्रेष्ठसँग पनि पटक-पटक छलफल भएको थियो। पार्टी निर्माणको प्रारम्भिक चरणमा उनीहरूबीच बाक्लो संवाद भए पनि केही सांगठनिक र नीतिगत विषयमा कुरा नमिलेपछि उनी संस्थापक समूहमा देखिएकी थिइनन्।

तर, आज औपचारिक घोषणा सभामा उनी उपस्थित भएकी हुन्। उनी कार्यक्रममा केवल शुभकामना दिनका लागि मात्र सहभागी भएकी हुन् वा अन्तिम समयमा आएर यही दलमा समाहित हुन लागेकी हुन् भन्ने विषय भने स्पष्ट भइसकेको छैन।

श्रेष्ठ स्वयम् वा पार्टी नेतृत्वले यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ।

प्रकाशित: १७ मंसिर २०८२ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App