नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले अब आवेग, उत्तेजना र प्रतिशोध त्याग्नुपर्ने बताएका छन्। शनिबार फेसबुकमा अभिव्यक्ति सार्वजनिक गर्दै सुहाङले यस्तो लेखेका छन्।
‘फेरि पनि हामीले हाम्रो संविधान र व्यवस्थाको रक्षा गरेर अघि जानुछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाको युगीन जिम्मेवारी फेरि एक पटक इतिहासले हामीलाई सुम्पिएको छ,’ सुहाङले लेखेका छन्, ‘अनेकन् नाम र आवरणमा हुने सबै खालका गलत कदमहरूलाई अस्वीकार गर्नु छ । यस बेला म सबै–सबै अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु–अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौँ ।’
इतिहासको घाउ कोट्याएर भविष्य थप अनिश्चित नबनाउन उनले आग्रह गरेका छन्। ‘फेरि पनि कहीँ कतैबाट आवेग, उत्तेजनाहरू सुनिनु गलत हुनेछ । २४ ताण्डव सर्वथा गलत थियो,’ उनले अगाडि लेखेका छन्।
आन्दोलनमा घुसपैठ भयो भन्ने निचोडमा स्वयं जेन–जीका अगुवाहरू पुगी नै सकेको उल्लेख गर्दै उनले यस अवस्थामा आफ्नै आचारसंहिता, आदर्श बनाएर आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका ‘जेन–जी’हरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततिहरूलाई गाली गर्नु रहेको उनले बताए। ‘आफ्नै सन्ततिहरूलाई गाली गर्ने जो जिम्मेवार अभिभावक बन्नै सक्दैनन्,’ सुहाङले अगाडि लेखेका छन्।
प्रकाशित: ४ आश्विन २०८२ १७:१९ शनिबार





