२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस प्रवक्ता महत नुवाकोट–१ बाट एकल सिफारिस

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नाम नुवाकोट–१ बाट एकल सिफारिस भएको छ। क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले महतको नाम एकल सिफारिस गरेको हो।

विघटित प्रतिनिधिसभामा महत समानुपातिकबाट सांसद बनेका थिए। त्यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं–५ बाट उम्मेदवार थिए। जहाँ उनी एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग पराजित भएका थिए।

 २०७९को प्रतिनिधिसभामा कांग्रेसले काठमाडौं–५ बाट प्रदीप पौडेलले उम्मेदवार बनाएको थियो। जसमा पौडेल जितेका थिए।  

काठमाडौं–५ बाट यसपटक प्रवक्ता महतको नाम पहिलो नम्बरमै सिफारिस भएको छ। यस्तै पौडेलको नाम पनि सिफारिस हुँदा युवा नेतृ रजनी थापा, भैरव सापकोटा र सरीन घिमिरेको नाम पनि सिफारिस भएको छ। 

प्रकाशित: २५ मंसिर २०८२ १७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App