२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

झलनाथलाई शंकरको प्रश्न : आफैँ जबजलाई सिद्धान्त भनेर पारित गराउने अहिले औचित्य सकियो भन्ने ?

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

एसका सम्मानित खनालले जबजको औचित्य सकिएको भन्दै टिप्पणी गरेपछि एमाले महासचिव पोखरेलले उनलाई विगतमा आफ्नै नेतृत्व सिद्धान्त बनाएको स्मरण गराएका हुन्।

‘जबजलाई सिद्धान्त हो भनेर आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्ताव राखेर पारित गराउने समाजवादीका सम्मानित नेताको यो अभिव्यक्तिले उहाँको वैचारिक धरातलको कमजोरीलाई संकेत गर्दछ। डेढ दशकअघि जबज कसरी सिद्धान्त भयो भनेर प्रस्ताव तयार गर्ने? आज त्यसको सान्दर्भिकता सकिएर इतिहास बन्यो भन्ने कुराका बिचमा कहाँ नेरी संगति देखिन्छ,’ पोखरेलले भनेका छन्, ‘विचार सिद्धान्तको प्रश्नलाई नेताहरुले आफ्नो स्वार्थका आधारमा बोलिने विषय बनाउनु हुँदैन। वैज्ञानिक समाजवादसम्म नै जबजले वैचारिक नेतृत्व गर्दछ भन्ने मान्यताका आधारमा नै जबजलाई नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्तका रूपमा ग्रहण गरिएको हो। त्यस प्रकृयामा तपाईँको सहमति र नेतृत्व रहेको हो। होइन र?’

प्रकाशित: १५ भाद्र २०८२ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App