१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कुनै कसुर नगरी १४ वर्ष जेल बसे: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै अपराध वा कसुर नगरी १४ वर्ष जेल बसेको बताएका छन्। उनले तत्कालीन पञ्चायती व्यवस्थामा राजतन्त्र देशका लागि उपयुक्त छैन भन्नु नै आफ्नो एकमात्र ‘कसुर’ भएको बताए।

मुलुकी संहिता दिवस, २०८२ को अवसरमा आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक सङ्घर्षका दिनहरू स्मरण गरेका हुन्।

‘कुनै पनि प्रकारको कसुर नगरीकन १४ वर्ष जेल म बसेको छु,’ उनले भने, ‘अब त्यहाँ कसुर भन्ने हो भने, राजतन्त्र उपयुक्त होइन भन्ने मलाई लागेको थियो, मैले त्यो विचार व्यक्त गरेँ।’

उनले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा कुनै वैज्ञानिक वा तार्किक आधार नहुने भन्दै राजतन्त्रलाई एउटा पाखण्डको संज्ञा दिए। ‘जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा कुनै आधार हुँदैन, वैज्ञानिकता हुँदैन, तथ्य हुँदैन,’ उनले थपे।

संयुक्त राष्ट्रसंघको बडापत्र र मानवअधिकार घोषणापत्र पढेरै आफूले जन्मका आधारमा सबै मानिस बराबर हुन्छन् भन्ने बुझेको बताउँदै प्रधानमन्त्री ओलीले २०२३ सालदेखि नै आफू छुवाछुत जस्ता सामाजिक विभेदविरुद्ध लागेको समेत उल्लेख गरे।

उनले सबै मानवजाति महान रहेको र सबैले सम्मानित जीवन बाँच्न पाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १ भाद्र २०८२ २०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App