६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु गम्भीर विषय हो, यसमा पार्टीले उचित निर्णय लिन्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय गम्भीर रहेको दोहोर्‍याएका छन्। बिहीबार बसेको सचिवालय बैठकमा पनि यही बताएका ओलीले शुक्रबार (आज) बसेको पोलिटब्यूरो बैठकमा पनि यही दोहोर्‍याएका छन्।

ओलीलाई उद्धृत गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, 'पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नवीकरण र उहाँले पार्टीमा सक्रिय हुने भन्ने विषयले पनि हिजो पनि त्यो विषयले प्रवेश पाएको छ र आज पनि त्यो विषयले प्रवेश पाएको छ। राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमापति भइसकेको व्यक्ति, देशको सर्वोच्च पदमा पुगेको व्यक्ति, गणतन्त्रको गौरबको रूपमा रहेको व्यक्ति, न्यास्नल इम्युनिटीको रूपमा रहेको व्यक्ति आज राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो, यसमा पार्टीले उचित समयमा चाहिँ एउटा निष्कर्ष निकाल्छ, निर्णय लिन्छ भन्ने कुरा चाहिँ अध्यक्षले जानकारी गराउनुभएको छ।'

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले अध्यक्षका लागि लड्ने पनि बताएकी छन्। यो पृष्ठभूमिमा एमालेभित्र ओली भर्सेस भण्डारीको अवस्था सृजना भएको छ। यो विषयका प्रति पार्टी कमिटी बैठकहरूमा पनि विषयहरू उठिरहेका छन्। 

प्रकाशित: २ श्रावण २०८२ १८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App