प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
एकसातापछि बस्न लागेको बैठकमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यतालिका छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ ।
यो पनि पढ्नुहोस्
रास्वपा र राप्रपाका नेतालाई बोलाएर सभामुखले भने : म बाध्यात्मक अवस्थामा संसद् चलाइरहेको छु
बैठकमा राष्ट्रिय सभामा उत्पति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ टेबल हुने कार्यसूची छ । यस्तै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यतालिका रहेको महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित: ६ श्रावण २०८२ १९:५६ मंगलबार





