३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

गणेशमान सम्झँदै सिर्जना भन्छिन्ः घर जलाएपनि इतिहास मेटाउन सक्ने छैनन्

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ।  

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बनेका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा पनि उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।


विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मेका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो।  

यस्तोमा उनकी बुहारी सिर्जनाले सिंहले भावुक ढङ्गबाट गणेशमानलाई सम्झेकी छिन्। 

‘बा आज तपाईँको स्मृति दिवस !तपाई को घर सँगका सबै स्मृतिहरू कायरहरूले भग्नावशेषमा परिणत गर्दियो,’सिर्जनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘तर तपाईँको त्याग,बलिदान,देशभक्ति र राष्ट्रप्रेम इतिहासका पानामा सधैँ सुनौला अक्षरले लेखी रहने छ।कसैले पनि इतिहास मेटाउन सक्ने छैन।सधैँ अमर हुनुहुन्छ रहिरहनु हुनेछ।’ 

प्रकाशित: २ आश्विन २०८२ ०९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App