३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

झापाबाट रास्वपाले बालेनको राजनीति सिध्याउने रणनीति बनायो : अध्यक्ष गिरी

नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनाएको आरोप लगाएका छन्।

उनले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृष्य शक्तिले जबरजस्ती मिलाएको दाबी गर्दै यस्तो आरोप लगाएका हुन्। 'कुलमान जी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन,' उनी भन्छन्, 'रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनायो। यो क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्।'  

बालेनलाई अदृष्य शक्तिहरूले नै प्रधानमन्त्री घोषणा गरेको बताउँदै गिरीले उक्त घोषणा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिए। 'रास्वपा निर्माण गर्न रवि लामिछाने र अन्य नेता कार्यकर्ताले दु:ख गरे, प्रधानमन्त्री अर्को मान्छे बनाउने भन्दा मान्ने अवस्था छैन,' उनले थपे। परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको गिरीको भनाइ छ।  

पूर्व प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो बनाउन सकिन्छ कि भनेर बालेन फण्डा गरिएको हुन सक्ने उनको भनाइ छ। एमाले आफ्नो संगठनको बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीले अत्यधिक मतका साथ विजयी हुने दाबी गरे।

प्रकाशित: २९ पुस २०८२ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App