२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

आचारसंहितामा अब कसुर र सजाय पनि समेटियो : कार्यवाहक आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस निर्वाचनका लागि आचारसंहितालाई थप स्पष्ट र प्रभावकारी बनाएको बताएका छन्। 

यसअघि आचारसंहितामा निर्वाचन कसुर तथा सजाय ऐनका व्यवस्थाहरू नभएको पनि यस पटक ती सबै विषयवस्तु समावेश गरिएको बताएका छन्। ‘सबैले आचारसंहिता पढून् र के काम गर्न हुने, के काम गर्न नहुने भन्ने कुरा सहजै बुझून् भन्ने उद्देश्यले ऐनमा रहेका कसुर र सजायसम्बन्धी प्रावधानहरू आचारसंहितामै समेटेका हौं,’ आयोगमा भण्डारीले भने।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन नगर्न आग्रह गर्दै सामाजिक सञ्जाल, सञ्चार माध्यम तथा पत्रपत्रिकामार्फत निरन्तर सूचना तथा सामग्री सम्प्रेषण गरिरहेको पनि उनले बताए। ‘फलानो काम गरे आचारसंहिता उल्लंघन हुन्छ भनेर पटक–पटक जानकारी गराइरहेका छौं,’ उनले भने।

आयोगले सबै सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गर्दै मर्यादित निर्वाचनका लागि सहयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित: २१ माघ २०८२ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App