२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

एमाले सदस्य भइरहन अब हरेक वर्ष परीक्षा दिनुपर्ने प्रस्ताव

नेकपा एमालेले सदस्यता नवीकरण गर्नु पूर्व अब अनिवार्य परीक्षा दिनुपर्ने प्रावधान बनाएको छ। सोमबार बसेको एमालेको केन्द्रीय संगठन विभाग बैठकले यस्तो निर्णय गरेको हो। 

सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै केन्द्रीय संगठन विभागमा सचिव माधव ढुंगेलले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ। 

विज्ञप्तिमा पार्टी सदस्य सम्बन्धी बुँदामा ‘सदस्यता नवीकरण पूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्थामा जाने’ भन्ने कुरा उल्लेख छ। 

यस्तै हरेक वर्ष तोकिएको समयमा सदस्यता नवीकरण गर्ने कामलाई कडाइका साथ स्थापित गर्ने अर्को निर्णय पनि उल्लेख छ। 

ञ. पार्टी केन्द्रीय कमिटीले ०८२/८३ का लागि जारी गर्ने वार्षिक कार्य योजनाको प्रकाशमा प्रस्तुत कार्य योजनामा आवश्यक परिमार्जन गरिनेछ ।

प्रकाशित: ३१ असार २०८२ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App