१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री सुधन गुरुङको विवादबारे बोले सभापति थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका माग बेवास्ता गरे कांग्रेस सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। 

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले यस्तो चेतावनी दिएका हुन्।

सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाउँदै उनले कसैमाथि अनुसन्धान गर्ने सरकारको अधिकार भए पनि अनुसन्धान गर्दा  कानुनको पालना गर्नुपर्ने बताए। ‘पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरिरहेको छ ’ उनले भने।

कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निभाउन नसकेको हो भन्ने प्रश्नमा उनले तथ्यका आधारमा आवाज उठाउने बताए। सभापति थापाले कांग्रेस अराजक रूपमा प्रस्तुत नहुने भएकाले आवाज कमजोर सुनिएको हुनसक्ने भए पनि तथ्यका आधारमा आवश्यक ठाउँमा आवाज उठाउने स्पष्ट पारे। 

गृहमन्त्री सुधन गुरुङको विषयमा भने पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको उनको भनाइ थियो।

उनले भने, ‘गृहमन्त्रीको विषयमा पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ।’ 

यो पनि पढ्नुहोस्

कांग्रेसले माग्यो गृहमन्त्री गुरुङको राजीनामा

साथै, भदौ २३ र २४ गतेको घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको पनि थापाले बताए। १५ औँ महाअधिवेशनमा पार्टी एक ढिक्का भएर जाने उनको दाबी छ।

प्रकाशित: ९ वैशाख २०८३ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App