१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सप्तरीको कल्याणपुरमा सद्भाव र्याली निकालियो

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आज सद्भाव र्याली निकालिएको छ।

प्रतिनिधिसभा सदस्य सीताराम साहको नेतृत्वमा निकालिएको र्यालीमा हिन्दू र मुस्लिम समुदायका अगुवा तथा बुद्धिजीवी र स्थानीयको सहभागिता थियो।

र्यालीमा सहभागीले ‘धार्मिक सहिष्णुता कायम गरौँ’, ‘सामाजिक एकता बलियो बनाऔँ’जस्ता सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

र्यालीका सहभागीले धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

पछिल्लो समय सुनसरी र सिरहालगायतका जिल्लामा देखिएका गतिविधिप्रति सचेत रहँदै समाजमा सद्भाव र शान्तिको सन्देश फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ।

र्यालीपछि आयोजित कार्यक्रमा सांसद साहले विभिन्न धार्मिक समुदायबीचको एकता नै नेपाली समाजको एकताको बलियो आधार भएकाले सबैलाई संयम र सहकार्य गरी अघि बढन आह्वान गरे।

उनले सामाजिक सद्भाव कायम राख्न नागरिक, समुदायका अगुवा र सरोकारवाला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए।

प्रकाशित: १५ श्रावण २०८३ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App