३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

पार्टीको बैठक बोलाएको छैन, आधिकारिक अध्यक्ष मै हुँ: रञ्जिता

फाइल।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफू नै पार्टीको आधिकारिक अध्यक्ष भएको र आफ्नो अनुमतिबिना कुनै पनि भेला वा बैठक आधिकारिक नहुने बताएकी छन्।

उनले पार्टीको विधानअनुसार बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र रहेको स्पष्ट पारिन्।

बिहीबार सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘मैले कुनै पनि बैठक बोलाएको छैन। नागरिक उन्मुक्ति पार्टीको विधि-विधानअन्तर्गत राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्र छ। मैले अध्यक्षको हैसियतले कुनै पनि बैठक बोलाएको छैन।’

उनले आफ्नो आधिकारिकता निर्वाचन आयोगबाट पनि पुष्टि हुने बताइन्। ‘अहिले हामीले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष भनेर रञ्जिता श्रेष्ठलाई नै बुझ्नुपर्छ, यो कुरा निर्वाचन आयोगबाट पनि थाहा हुन्छ,’ उनले थपिन्।

यसैगरी, भूमि विधेयकबारे सोधिएको प्रश्नमा उनले भूमिहीन सुकुम्बासी र कमैयाहरूको पक्षमा आफू दृढ रहेको बताइन्।

‘मैले भूमि विधेयकबारे समितिमा पनि आफ्नो धारणा राखिसकेको छु। जति पनि भूमिहीन सुकुम्बासी, कमैयाहरू हुनुहुन्छ, उहाँहरूले भूमि पाउनुपर्छ,’ श्रेष्ठले भनिन्, ‘म भूमिसुधार मन्त्री हुँदादेखि नै यही बोल्दै आएको हुँ र अहिले पनि मेरो अडान यही हो।’

प्रकाशित: १५ श्रावण २०८२ १६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App