१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत गुरु पूर्णिमाको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने बताए। यस्तै प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु र संसारको बारेमा सिकाउनेलाई शिक्षक भनिने पनि जिकिर गरे।

प्रधानमन्त्री ओलीले गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भनेर भनेका छन्।

'आज गुरु पूर्णिमा। यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ। हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ। गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्,' उनले लेखेका छन्, 'हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको छ। त्यस्तो दीप भनेको विवेक हो। गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्। सबैलाई शुभकामना!'

प्रकाशित: २६ असार २०८२ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App