४ जेष्ठ २०८२ आइतबार
image/svg+xml

देउवाले फेरी भने: ओली जी दुख पाएकै व्यक्ति हुन्, गठबन्धन बाध्यता हो

अहिलेका बेला कांग्रेस–एमालेसँग सरकार रहेको बताउँदै सभापति देउवाले भने, ‘ओली जी पनि दुख पाएकै व्यक्ति हो, जेलमा हामी सँगै बसेका थियौँ। गोलघरमा राखेको थियो।’

'पुराना नेता' भनेकामा प्रधानमन्त्रीको दुखेसो: देश चलाउन अनुभव चाहिन्छ

‘एउटा ट्रेन्ड छ अहिले, यो २० वर्ष गाडी हाँकिसकेछ, यो पुरानो भइसक्यो। यसले के चलाउँछ? मैले एक महिना अगाडि सिकेको छु म चलाउँछु,’ प्रधानमन्त्री ओलीले भने, ‘या सिक्दै सिकेको छैन, तर म चलाउँछु गाडी राम्ररी भन्यो भने त्यो गफ मात्र हुन्छ ।’

राजावादीलाई प्रधानमन्त्रीको चेतावनी: चर्को मूल्य चुकाउनुपर्ला !

अर्थात् यहाँ कुनै पनि खालको प्रतिगमनका लागि स्पेस छैन। प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुने छैन,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले गरे युधिष्ठिरसँग आफ्नो तुलना

नेता ढल्यो भने धानिन गाह्रो हुन्छ, त्यही कुरा उनीहरूले बुझेका छन् । नेता समाप्त पारियो भने पार्टीलाई समाप्त पार्न सजिलो हुन्छ भन्ने कुरा बुझेका छन्।

डडेलधुरा पुग्दा देउवा सम्झिने ती ओली यी दाहाल

यस्तोमा दाहाल डडेलधुरा पुग्दा गरेको टेलिफोन वार्ता शङ्कारहित भने हुने देखिन्न। तर त्यो मित्रवत् मात्रै हो कि रणनीतिक त्यसको नतिजा हेर्न भने कुर्नै पर्ने हुन्छ।

हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्।

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान् व्यक्ति नियुक्त हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे।

दीपकराज गिरी लेख्छन्- कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ, होइन भने सम्मान गर्दा अपमानबोध गर्नुपर्दैन

कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने बताएका छन्।

गोकुल भन्छन्ः प्रधानमन्त्रीज्युले भन्नुभो–कडा छाै, उहाँकै चेलो न परेँ

‘मैले भने–शैली त आआफ्नो हो, तर उहाँभन्दा कडा र उहाँभन्दा देशका लागि अडान लिने यो देशमा को होला र? कोही छ त ? छैन। त्यसैले उहाँकै चेलो त परियो।’

एकएक रुपैयाँ उठाएर पार्टी अफिस बनाइदिन्छु भन्ने पनि आएः प्रधानमन्त्री ओली

‘एक एक रुपैयाँ दिन्छौँ पार्टी अफिस बनाउँछौँ। भरे चन्दा कतिले दिन्छौँ भन्दा एकएक रुपैयाँ कहाँ साटेर ल्याउने ? भन्छन्,’ प्रधानमन्त्री ओलीले भने।

मातृशोकमा रहेका वैद्यलाई प्रधानमन्त्रीले खोजी-खोजी भेटे

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य मातृशोकमा छन्। उनले गत वैशाख २६ गते मात्रै आमा गुमाएका छन्।

ओलीले सम्झिए नेकपाकालीन ‘मार्सी भोज’: खुवाउने पात्र प्रहरी खोरमा

संयोग मार्सी भोज खाने ओली प्रधानमन्त्री हुँदा खुवाउने प्रसाईँ हिरासतमा छन्। सम्भवतः ओलीकै कार्यकालमा जेल पनि पुग्नेछन्। उनै प्रसाईँले खुवाएको मार्सी भोज भने प्रधानमन्त्री ओलीले संसदमा सम्झिएका छन्।

संघीय संसद्का दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतबाट पारित

सरकारले अब यहीँ नीति तथा कार्यक्रममा आधारित भएर आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्नेछ।

प्रधानमन्त्रीको प्रश्नः तीनकुने घटनाको माइबाप भेटिन्न, कि राजतन्त्रको प्रेतले लगाएको हो आगो?

‘यो राजतन्त्र प्रेत कस्तो रहेछ?’ भन्ने प्रश्न गर्दै उनले भने,‘प्रेतैले फाल्या हो ढुंगा? प्रेतैले लगाएको हो आगो? कि कोही मान्छे पनि थियो?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्