एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली को राष्ट्रको स्वाधीनता, स्थिरता, विकास र समृद्धिका लागि दृढ नेतृत्व आजको आवश्यकता रहेको बताएका छन्।
ओलीको ७५ औँ जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै बस्नेतले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सफल बनाउन आगामी निर्वाचनमा जनताको विश्वास र मतमार्फत अझ शक्तिशाली जनादेश दिलाउने साझा संकल्प रहेको बताएका छन् ।
उनले अध्यक्ष ओलीलाई ऊर्जा र उत्साहका साथ राष्ट्रसेवामा अझ सक्रिय रहन शुभेच्छा व्यक्त गर्दै पार्टी पंक्तिलाई एकताबद्ध भएर चुनावी तयारीमा जुट्न समेत आह्वान गरेका छन्।
आगामी फागुन २१ मा हुने निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका ओली यसपटक काठमाडौंका पूर्व मेयर बालेन्द्र साह सँग प्रतिस्पर्धामा रहेका छन्।
हेर्नुस् उनको शुभकामना सन्देश
७५ औँ जन्मदिनको पावन अवसरमा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली ज्यूलाई हार्दिक जन्मदिनको शुभकामना तथा सुस्वास्थ्य, दीर्घायु र निरन्तर ऊर्जा सहित राष्ट्र सेवामा अझ सक्रिय रहन शुभेच्छा व्यक्त गर्दछु। 🎂🙏
राष्ट्रको स्वाधीनता, स्थिरता, विकास र समृद्धिका लागि उहाँको दृढ नेतृत्व आजको आवश्यकता हो। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई सफल बनाउन आगामी निर्वाचनमा जनताको विश्वास र मतमार्फत अझ शक्तिशाली जनादेश दिलाउने हाम्रो साझा संकल्प हो।
आउनुहोस्, राष्ट्र निर्माणको अभियानलाई निरन्तरता दिन स्थिर सरकार, बलियो नेतृत्व र उज्ज्वल भविष्यका लागि सूर्य चिन्हमा मतदान गरौँ।
देश, जनता र विकासका लागि – हाम्रो रोजाइ: नेकपा (एमाले) र आदरणीय केपी शर्मा ओली!
प्रकाशित: ११ फाल्गुन २०८२ ११:५८ सोमबार




