२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीको दाबीः देशमा प्रतिक्रान्ति भयो, बर्बादीतिर धकेलियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितिर धकेलिएको टिप्पणी गरेका छन्। बुधबार एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएर बर्बादीको भासमा परेको भन्दै टिप्पणी गरेका हुन्।  

यस्तै अहिले अरुभन्दा बढी निसानामा पनि एमाले नै परेको ओलीले बताए। ‘हामीले नराम्रो काम गरेर, नीति नराम्रो भएर हामीमाथि प्रहार भएको हो ?,’ ओलीले भने, ‘होइन, हाम्रो नीति राम्रो भएर हो।’ अरुले सिमाना, स्वाधीनताका कुरा बोल्न नपर्ने। एमालेले मात्रै किन बोल्नपर्ने अवस्था आएको पनि उनले दाबी गरे।  

प्रतिक्रान्तिविरुद्ध, संविधान र लोकतन्त्रको रक्षा गर्न एमालेले गाउँगाउँ र जनतामाझ पुगेर काम गर्नुपर्ने पनि उनले बताए।  

प्रकाशित: २९ आश्विन २०८२ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App