३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्न सिंहदरबार पुगिन श्रीलंकाकी नवनियुक्त राजदूत

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेट भएको छ।

भेटका क्रममा नेपाल र श्रीलंकाबीचको द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूत डेल्पिटियालाई बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

 

प्रकाशित: २१ माघ २०८२ १७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App