२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कार्की मन्त्रिपरिषद्‍मा चर्चामा आएका नामहरू : आसिका र हर्क पनि

प्रधानमन्त्री सुशीलाका कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छन्।

जेनजी प्रतिनिधिहरूबीच कुराकानी गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्। अन्तरिम मन्त्रिपरिषद्का लागि प्रधानमन्त्री कार्कीले शनिबार साँझ आफू निकट रहेका केही व्यक्तिहरूसँग छलफल गरेकी थिइन्।  

मन्त्रीका लागि कानुनविद् ओमप्रकास अर्यालको नाम करिब करिब निश्चित भैसकेको छ। उनका अतिरिक्त बजारमा धेरै व्यक्तिहरूको नाम चर्चामा आएको छ।

पछिल्लो पटक सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई, नेपाली सेनाका पूर्व रथि बालनन्द शर्मा, आसिका तामाङ, जेनजी सुदन गुरुङ, धरानका मेयर हर्क साम्पाङ, वैज्ञानिक महावीर पुन, गायक राजेशपायल राई, पर्वतारोहण संघ अध्यक्ष फुरगेल्जे शेर्पा, व्यापारी आसिमजंग बस्नेत, पूर्व कर्नेल माधवसुन्दर खड्का, पूर्व डिआइजी रमेश खरेल, विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्दैशक कुलमान घिसिङको नाम चर्चामा आएको छ।

प्रकाशित: २९ भाद्र २०८२ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App