२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:२९ अपराह्न
राजनीति

प्रदेशसभा अगाडि आमरण अनसन बस्ने सांसद पराजुलीको चेतावनी

सांसद भीम पराजुलीले हुलाकी राजमार्ग तत्काल निर्माण नगरे आमरण अनशन बस्ने चेतावनी दिएका छन् । 

आजको प्रदेशसभा बैठकमा सांसद पराजुलीले हुलाकी राजमार्ग निर्माणमा भइरहेको ढिलाइले जनताले धेरै दुःख पाएको भन्दै तत्काल निर्माण सम्पन्न नगरे प्रदेशसभा अगाडि आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।  

सांसद पराजुलीले डेढ दशक अघि नै ठेक्का लागेको सडक ठेकदारले भत्काएर छाडेको बताए । भत्किएको सडक निर्माणमा ध्यान नदिँदा सडकका कारण स्थानीयले असाध्यै दुःख पाएको उनले बताए । संघीय आयोजना भएपनि निर्माणका लागि प्रदेश सरकारले समेत पहल गर्न उनले माग गरे । पराजुलीले विगतमा जनप्रतिनिधि हुँदा पनि सडक निर्माणको माग गर्दै पटक–पटक आन्दोलन गरेको र सडक तत्काल निर्माण गर्ने सहमति गरेको भए पनि सडक निर्माणले गति नलिएको गुनासो गरे । 

जनताले दुःख पाएको विषयमा प्रदेश सरकारले पनि खुट्टा दह्रो बनाउनुपर्ने उनले बताए । अब, अति नै भइसकेको भन्दै उनले भने   ‘तत्काल सडक निर्माण सम्पन्न नगरे प्रदेश सभा अगाडि आमरण अनशन बस्छु ।’ विराटनगरको हाटखोला देखि कटहरिको रामचोक सम्मको करिब ९ किलोमिटर सडक निर्माण सुरू भएको वर्षौँ भए पनि  निर्माणले गति नलिँदा  हिलो, धुलोले स्थानीयलाई सास्ती दिएको छ । यति मात्रै हैन उक्त सडक खण्डमा ठूला खाल्डा परेको र खाल्डामा पानी जमेका कारण मोटरसाइकल, साइकल, सिटी सफारीलगायतमा सवारीसाधनमा यात्रा गर्नेहरू दिनहुँ जसो दुर्घटनामा पर्ने गरेका छन् । सडक निर्माणको माग गर्दै स्थानीयले सडकमै धानसमेत रोपेर विरोध गरेका थिए ।  

प्रकाशित: २५ श्रावण २०८२ १६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App