नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेकी छन्। उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन्।
‘आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ। तपाईंहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु,’ उनले सञ्चारकर्मीसँग भनिन् ।
मन्त्री श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १३:०५ बिहीबार





