राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिएर समस्या समाधान नहुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले मन्त्रीको श्रव्य सामग्री सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
उनले बोलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित सांसद सुनिता बरालले प्रधानमन्त्रीको नेतृत्वमाथि आरोप लगाएर बोलेको विषय संसद्को अभिलेखबाट हटाउन माग गरिन्। सभामुख घिमिरेले सांसदहरूले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको सदनलाई जानकारी गराए।
प्रकाशित: ३१ असार २०८२ १४:२४ मंगलबार





