३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

उपसभामुख हटाउने विषयमा माओवादीले विरोध गर्छ: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपभासमुख इन्दिरा राना मगरलाई हटाउन खोजेर सरकारले अर्को गल्ती गर्न खोजेको टिप्पणी गरेका छन्।

पार्टी मुख्यालयमा प्रतिपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुख आदिवासी जनजाति महिला र सामाजिक व्यक्तित्व भएकाले बिना कारण हटाउन खोज्नु गलत हुने बताए।

अध्यक्ष दाहालले भने, ‘यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत हुनेछ। सत्तारुढ दलको यो कदमप्रति माओवादी केन्द्रले विरोध गर्नेछ।’

उपसभामुख रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको चर्चा गर्दै उनले यसमा सरकारले गल्ती गरिरहेको दाबी गरे।

प्रकाशित: ३ भाद्र २०८२ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App