२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १२:१० अपराह्न
राजनीति

रविलाई महेशको प्रश्न : तपाईँ निर्दोष हो भने यो बिगो किन तिर्ने?

नेकपा (एमाले)का नेता महेश बस्नेतले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्दोष हो भने यो बिगो किन तिर्ने भन्दै प्रश्न उठाएका छन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिगो बराबरकै २ करोड ७४ लाख बुझाउँदै थुना बाहिरबाट मुद्दा लड्न पाऊँ भनेसँगै बस्नेतले यो प्रश्न उठाएका हुन्।

‘निर्दोष’ भएको दाबी गर्ने रविजीले कुल बिगो बराबरको २ करोड ७४ लाख रुपैयाँको ‘नमागिएको’ बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब यथार्थमा प्रश्न उठ्छ। यदि तपाईँ निर्दोष हो भने यो बिगो किन तिर्ने? र यदि दोष स्वीकारेको हो भने, पीडितहरूलाई महिनौँसम्म अन्यायमा पारी सर्वोच्चसम्म पुनरावेदन र ‘प्रतिशोधको नाउँमा’ हस्ताक्षर सङ्कलनको नाटक किन रचियो?'

प्रकाशित: २३ श्रावण २०८२ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App