१५ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

एसियन कप छनोटः नेपाल भियतनामसँग भिड्दै

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले आज भियतनामको सामना गर्दै छ।बिहीबारको खेल भियतनामको‘गो डौ’ रगंशलामा नेपाली समय अनुसार बेलुका ६ः१५ बजेबाट सुरु हुँदैछ। आज भियतनाम र नेपाल २२ वर्षपछि आमने– सामने हुन लागेका हुन्।  

नेपाल आज शतप्रतिशत जितको लक्ष्यकासाथ  मैदान प्रवेश गर्नेछ। नेपालले सुरुवाती दुई चरणको खेलमा अङ्क जोड्न सकेका थिएन। नेपाल छनोटको पहिलो दुई खेलमा मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो।  

भियतनाम फिफा वरियताको ९२औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा छ।

प्रकाशित: २३ आश्विन २०८२ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App