पूर्व राष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमनपछि नेकपा एमालेको आन्तरिक राजनीतिमा तरंगित छ। पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकछत्र दबदबा कायम रहेका बेला पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेलगत्तै धेरै नेताहरू उनको पक्षमा खुलेका छन्। भण्डारीको पक्षमा खुलेका नेताहरू पार्टी अध्यक्ष ओलीविरुद्ध पनि खुलेर बोल्न थालेका छन्।
त्यहीबिचमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत सचिवालयकै सदस्य नेताहरू समेत ओलीविरुद्ध छन्। जसले एमालेभित्रको आन्तरिक राजनीतिकलाई निकै गम्भीर अवस्थामा पु¥याएको नेताहरूले बताउने गरेका छन्।
यही बिचमा बिहीबार सुरु भएको सचिवालय बैठकका तस्बिरमा समेत त्यसको झल्को देखिन्छ। प्रधाानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेका तस्बिरमा नेताहरूको अनुहार र हाउभाउ हेर्न लायक छन्। जसमा कोही नेताको मुहारमा पनि चमक देखिन्न।




तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
प्रकाशित: १ श्रावण २०८२ १४:३० बिहीबार





