१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कुलमानले भने- नेकपासँगको एकीकरण हल्ला असत्य

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरण हुन लागेको भन्ने खबर भ्रामक रहेको बताएका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा उज्यालो नेपाल पार्टी अन्य दलसँग मिसिन लागेको भन्ने चर्चा चलिरहँदा अध्यक्ष घिसिङले यसलाई पूर्णतः अस्वीकार गरेका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिँदै घिसिङले भने, ‘मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो।’

घिसिङले आफ्नो पार्टी आफ्नै मौलिक नीति, सिद्धान्त र एजेन्डा बोकेर स्वतन्त्र रूपमा अघि बढिरहेको सुनाए।

उनले कुनै पनि दलसँग एकता गर्ने योजना नरहेको र भविष्यमा पनि आफ्नै कार्यक्रमका आधारमा एक्लै अगाडि बढ्ने स्पष्ट पारे।

अध्यक्ष घिसिङले यस्ता निराधार र प्रायोजित हल्लाका पछि नलाग्न सर्वसाधारण तथा पार्टी पङ्क्तिलाई आग्रह समेत गरेका छन्।

प्रकाशित: ३० पुस २०८२ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App