१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर, स्टोर गरेर बन्छ: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेपालमा उत्पादन भएको बिजुली सस्तोमा बेचेर देश धनी नबन्ने दाबी गर्दै स्वदेशमै मल कारखाना र डाटा सेन्टर खोलेर यसको खपत गर्नुपर्ने बताएका छन्।

शक्रबार चितवनमा आयोजित परिवर्तनको उद्घोष कार्यक्रमलाई सम्बोधन गर्दै उनले बर्खामा खेर गइरहेको बिजुलीलाई भण्डारण गर्ने ब्याट्रीका रूपमा ठुला उद्योगहरूलाई विकास गर्नुपर्ने अवधारणा अघि सारेका हुन्।

‘बर्खाको बेला नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको हुन्छ, तर सुख्खायाममा हामीसँगै बिजुली हुँदैन।’ शाहले भने, ‘हाम्रो देशमा उत्पादन भएको सस्तो बिजुली बेचेर देश कहिल्यै धनी बन्दैन। त्यसलाई प्रयोग गरेर, स्टोर गरेर मात्र बन्छ। र, त्यो स्टोर गर्ने ब्याट्री भनेको मल कारखाना, डाटा सेन्टर र कोल्ड स्टोरेजहरू हुन्।’

आफ्नो बिजुली स्वदेशमै थामेर राख्न यस्ता संरचनाहरू बनाउन जरुरी रहेको र रास्वपा त्यस्ता ब्याट्री बनाउने र देशलाई धनी बनाउने पार्टी बन्न चाहेको उनले स्पष्ट पारे।

‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ, तर बन्द छ,’ उनले भने, ‘अब चल्नुपर्‍यो। देशका यस्ता उद्योग कलकारखानाहरूलाई चलायमान बनाउने पार्टी बन्न चाहन्छ रास्वपा।’

प्रकाशित: १५ फाल्गुन २०८२ १५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App