१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कर्ण थापाको दाबी: विद्या भण्डारी विधान महाधिवेशनको प्रतिनिधि हुनुपर्छ भनेका छैनौँ

‘विशिष्ट अतिथिका रूपमा बोलाउने कुरा छ’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले विधान महाधिवेशनको प्रतिनिधि नमागेको उनी पक्षमा खुलेका नेता कर्णबहादुर थापाले दाबी गरेका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकारसँग कुरा गर्दै थापाले यस्तो दाबी गरेका हुन्। 

‘पहिलो कुरा पूर्व राष्ट्रपतिले विधान महाधिवेशनको प्रतिनिधि हुने कुरा गर्नुभएको छैन। हामी कसैले पनि गरेका छैनौँ,’ थापाले भने, ‘विधानमा राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनको प्रतिनिधि हुने कुरा स्पष्ट भएको कुरा हुनाले उहाँलाई कसैले माग गरेको छैन। त्यो भएन भन्ने प्रचार जो छ, यो गलत प्रचार हो। त्यो मागै भएको छैन।’ 

भण्डारीलाई ‘कसरी पार्टीमा स्थान दिने? उहाँको जुन योगदान छ, योग्यता छ, जुन व्यक्तित्व छ। त्यसका निम्ति छलफल गर्ने’ भनिएको उनले बताए।

यस्तै थापाले भण्डारी प्रतिनिधि नभए पनि विधान महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा बोलाउने कुरा भइरहेको पनि दाबी गरे। उनले भने, ‘मलाई लाग्छ विधान महाधिवेशनमा उहाँलाई एउटा विशिष्ट अतिथिका रूपमा बोलाउने खालको काम हुन्छ होला।’ 

प्रकाशित: २ श्रावण २०८२ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App