३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीमा युवा संघको समानान्तर कमिटी घोषणा, झलनाथ खनालको बधाई

नेकपा (एकीकृत समाजवादी) को युवा सङ्गठनमा सञ्जीव राईको संयोजकत्वमा पनि महाधिवेशन आयोजनाका लागि समानान्तर कमिटी गठन भएको छ । २२१ सदस्यीय समानान्तर कमिटी घोषणा लगत्तै सम्मानित नेता झलनाथ खनालले बधाई दिएका छन् । 

अध्यक्ष माधवकुमार नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै खनाल पक्षले आइतबार सञ्जीव राईको नेतृत्वमा समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको हो । आयोजक कमिटीको उपाध्यक्षमा झलनाथ खनालका छोरा निर्भिक खनाललाई दोस्रो नम्बरमा राखिएको छ र आयोजक कमिटी कोशीको इन्चार्ज बनाइएको छ । 

नेपाल पक्ष भने रोशन थापा नेतृत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेर तयारीमा लागेको छ । सो पक्षलाई आइतबारमात्रै वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले शपथ गराएका थिए । 

काठमाडौंमा पत्रकार सम्मेलन गरी खनाल पक्षका युवाहरूले पार्टी र सङ्गठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएकाले समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताए ।

प्रकाशित: १ भाद्र २०८२ २०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App