राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडित रास्वपा उम्मेदवारमाथि खनिएका छन्।
पोखरामा शनिबार आयोजित उम्मेदवारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार बिना गुरुङमाथि खनिएका हुन्। आफ्नो बचत हिनामिना हुँदा आफूले पैसा तिर्न नसकेको भन्दै उनले आफ्नो छोराको विद्यालयको बिल गुरुङलाई थमाइदिएका छन्।
आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको भन्दै उनले गुरुङलाई विद्यालयको ८० हजार रुपैयाँको बिल दिएका हुन्। उम्मेदवार गुरुङले पार्टी सभापतिलाई उक्त बिल बुझाउने प्रतिक्रिया दिइन्।
प्रकाशित: ९ फाल्गुन २०८२ १५:१२ शनिबार





