२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १५:२९ अपराह्न
राजनीति

सभापतिलाई अन्य पार्टीसँग नि भेट्नु भन्छु, उहाँ हुँदैन एमालेसँग गठबन्धन छ भन्नुहुन्छ: कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई गठबन्धन एमालेसँग मात्र नभएर अन्य दलहरूसँग पनि भेट्न सुझाव दिएका छन्।

शनिबार विराटनगरको एक कार्यक्रममा बोल्दै उनले पार्टी सभापति देउवालाई सो सुझाव दिएका हुन्।

उनले भने,'तपाईँ कांग्रेसको मात्रै होइन देशैको नेता हो, तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। तपाईँले बोलाएर भेट्नुस् सबै दलका नेतालाई, उहाँ हुँदैन भन्नुहुन्छ। अहिले हाम्रो गठबन्धन एमालेसँग छ। एमालेसित मात्रै भेट्नुपर्छ। जुन बेला माओवादीसित थियो त्यस बेला माओवादीसित मात्रै भेट्नुपर्छ। म त्यो मान्यता राख्दिनँ।'

उनले आफूले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र  माओवादीका अध्यक्ष प्रचण्डसँग भेटेको उल्लेख गर्दै त्यस्तो केही कुरा नभएको बताए। उनले भने,'मैले माओवादीसित पनि भेटेँ, भोलि मधेसी दलसँग पनि भेटौँला। त्यही भएर मैले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेँ। माओवादीका अध्यक्ष प्रचण्डजीसँग मैले त्यस्तो धेरै कुरा गरेकै होइन। मैले प्रचण्डजीको भेटमा तपाईँ सत्तापक्षको हो कि विपक्षको भनेँ संसद्मा, उहाँले आफू विपक्षमा हुँ भन्नुभयो। तर मैले तपाईँहरू सत्तापक्षजस्तो हुनुभयो, अहिले विपक्षी त रास्वपा मात्रै भएजस्तो देखियो उनीहरू भिडिरहेका छन् सत्तापक्षसँग। तपाईँहरू त हामीसँगै बसेर छलफलमा बसेपछि कसरी विपक्ष हुनुभयो भने।'

उनले  विद्या भण्डारी राष्ट्रपति हुँदा पनि कुरा हुने गरेको बताए। 

प्रकाशित: १७ श्रावण २०८२ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App