६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

धमाधम बन्दै वीपी राजमार्ग, तिहार अघि नै यातायात सञ्चालनको तयारी

गतसाताको अविरल वर्षापछिको बाढीले क्षतिग्रस्त बनेको वीपी राजमार्ग पुनर्निर्माणको काम धमाधम भइरहेको छ। गतवर्षको बाढीले बगाएकै स्थानमा पुनः यो वर्षपनि बाढीले क्षति पुर्याएपछि सडक विभागले चरणबद्धरुपमा काम थालेको हो। 

सडक विभागले बिहीबार सार्वजनिक एक विवरण सार्वजनिक गर्दै बाढीले बाटो बगाएको र पहिरो खसेर अवरुद्ध भएको ९ स्थानमा मर्मत सकिएको जानकारी गराएको हो। थप ७ स्थानमा मर्मत कार्य जारी रहेको विभागको भनाइ छ ।  

बाढीले क्षति गरेको ३ हजार ८४२ मिटर सडकमध्ये १ हजार ८४५ मिटर सडक पुनर्निर्माण भइसकेको र बाँकी सडकपनि तिहार अघि नै पुनर्निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।  

हालसम्म डालाबेँसी ५ सय मिटर, चौकीडाँडामा ३७५ मिटर, कटुन्जे घुमाउनेमा ३ सय मिटर, कालढुंगा ४१०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, चारसय बेँसी घुमाउनेमा ८० मिटर र दाप्चा पुलमा ८० मिटरको काम सकिएको छ। करिब २ किलोमिटर सडकमध्ये माम्ती, अपर माम्ती, लोअर पिप्ले, अपर पिप्ले, बोक्सीकुना, चिउसीवास र चारसयबेँसीमा मर्मत काम जारी छ। 

प्रकाशित: २३ आश्विन २०८२ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App