प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएका हुन्।
मंगलबारको बैठकमा विभिन्न संवैधानिक तथा सरकारी निकायका तीनवटा वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको थियो। साथै, बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सम्बोधन गरेका थिए।
प्रकाशित: ३० असार २०८३ १५:४९ मंगलबार





