प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
“आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली १”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेखेका छन्।
कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन्। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ ९कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८० को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए।
पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापना भएको हो। पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए। उनको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
प्रकाशित: ७ श्रावण २०८२ १०:२२ बुधबार





