३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

गोकुलको दाबी: सीमा विवाद सुल्झाउने दम ओली बाहेक अरुमा छैन

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमण लिम्पियाधुरा र लिपुलेकजस्ता सीमा विवाद समाधानका लागि ‘स्वर्ण मौका’ भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस विषयमा ढुक्कसँग कुरा गरेर समस्या सुल्झाउने आँट प्रधानमन्त्री ओलीमा मात्रै रहेको दाबी गरे।

लिम्पियाधुरा र लिपुलेकको सन्दर्भमा भारत र चीन दुवैले नेपाललाई बेवास्ता गर्ने नीति लिएको र यसबारे नेपाली नेता तथा कूटनीतिज्ञहरू अनभिज्ञ नरहेको बास्कोटाको भनाइ छ।

उनले लेखेका छन्, ‘लिम्पियाधुरा लिपुलेकबारे भारत चीन दुवैको नेपाललाई मतलव नै नराख्ने नीति नेपालका नेता र कुटनीतिज्ञलाई जानकारी नभएको थिएन। अहिले प्रम केपी शर्मा ओलीको दुईतिरकै यात्रा स्वर्ण मौका हो। ढुक्कले कुरा गर्ने र सल्टउने दम अरुमा छैन।’ 

बास्कोटाले एक चिनियाँ उखान उद्धृत गर्दै सीमा मिचिने विषयमा सानो छुट पनि दिन नहुनेमा जोड दिए। ‘मिचाहालाई एक इन्च मिच्न दिए एक माइल मिच्छ भन्ने चिनियाँ उखान छ,’ उनले लेखेका छन्।

प्रकाशित: ९ भाद्र २०८२ १७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App