२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप

सरकारले जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको समयवधि बढाउने निर्णय गरेको हो। आयोगको म्याद थप गरिएको यो तेस्रो पटक हो।

भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न असोज ५ गते सरकारले कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो।

सुरुवातमा तीन महिनाको समयसीमा पाएको आयोगले काम नसकिएको जनाएपछि यसअघि पहिलो पटक १ महिना र दोस्रो पटक २० दिन म्याद थप गरिएको थियो।

सोमबार थपिएको २५ दिनको समयसँगै आयोगको प्रतिवेदन फागुन २१ गते हुने चुनावपछि मात्र आउने निश्चित देखिएको छ।

प्रकाशित: २६ माघ २०८२ १७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App