२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन (तस्बिरहरू)

तस्बिरहरू : विजय राई/नागरिक

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गरेकी छन्। आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर उनले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनमा भएको क्षतिबारे जानकारी गराएका थिए। अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आगनजी र तोडफोडबाट क्षतिग्रस्त जनप्रतिधिमूलक थलो संसद्को अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताइन्।

गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनको निशानामा परेको सङ्घीय संसद् भवनमा तोडफोड भएको थियो भने २४ गते आगजनी भएको थियो।

प्रकाशित: २५ मंसिर २०८२ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App