२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

झापामा ११ प्रतिशत मत खस्यो

झापाका सबै निर्वाचन क्षेत्रमा बिहान ११ बजेसम्म ११ प्रतिशत मत खसेको छ। कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको झापामा ८२ हजार ८४० मत खसेको हो।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार झापा क्षेत्र नम्बर ५ मा १५ प्रतिशत मत खसेको छ। एक लाख ६३ हजार ३७९ मतदाता रहेको झापा–५ मा ११ बजेसम्म २५ हजार २२३ मत खसेको छ।  

यस्तै क्षेत्र नम्बर २ मा २० प्रतिशत अर्थात् २९ हजार १७२ मत खसेको छ। यहाँ १ लाख ४७ हजार ५२२ मतदाता छन्।  

यस्तै १ लाख ३१ हजार ६७ मतदाता रहेको क्षेत्र नम्बर एकमा ७ प्रतिशत, १ लाख ४० हजार ८५७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७ प्रतिशत र १ लाख ३० हजार ७१२ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ८ प्रतिशत मत खसेको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App