२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

उपत्यकाबाहिर पनि रास्वपाको दबदबा: कहाँ-कहाँ बज्दै छ घण्टी?

प्रतिनिधि सभा निर्वाचन २०८२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यका बाहिर पनि आफ्नो प्रभाव बलियो बनाएको छ। विशेष गरी कास्की, बाँके र कञ्चनपुरका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन्।

कास्कीमा क्लिन स्वीपको संकेत:
कास्की १: खडक राज पौडेल ३९८ मतका साथ अगाडि छन्। यहाँ कांग्रेसका तिलक बहादुर रानाभाट (१५६) र एमालेका वैन बहादुर क्षेत्री (१४६) पछि परेका छन्।
कास्की २: उत्तम प्रसाद पौडेल ५९९ मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका रश्मि आचार्यले ५०२ मतका साथ पछ्याइरहेका छन्।
कास्की ३: बिना गुरुङ्ग ३९८ मतका साथ अगाडि छिन्।

बाँके र सुदूरपश्चिममा पनि घण्टी
बाँके १: सुरेश कुमार चौधरी ९७४ मतका साथ निकै अगाडि छन्। यहाँ कांग्रेसका नारायण प्रसाद गौडेलले ४६३ मत पाएका छन्।
कञ्चनपुर २: दिपक बोहरा ६३२ मतसहित अग्रतामा छन्।
कञ्चनपुर ३: ज्ञानेन्द्र सिंह महता ४७ मतका साथ सुरुवाती अग्रतामा छन्।

उपत्यकाभित्र पनि रास्वपाको अग्रता कायमै छ। विराज भक्त श्रेष्ठ (काठमाडौं ८) तीन हजार २९० मतका साथ सबैभन्दा अगाडि छन् भने रन्जु न्यौपाने (काठमाडौं १) दुई हजार ६१४, सस्मित पोखरेल (काठमाडौं ५) एक हजार ४२४, गणेश पराजुली (काठमाडौं ७) एक हजार ४८१, प्रदिप विष्ट (काठमाडौं १०) एक हजार २४६ र पुकार बम (काठमाडौं ४) ८६२ र तोसीमा कार्की (ललितपुर-३) ४५९ मतका साथ आ-आफ्नो क्षेत्रमा अगाडि छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App