२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्षमा सहमतिको प्रयास हुनेछः केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी नेतृत्वका लागि सहमतिको प्रयास गर्ने बताएका छन्। बिहीबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले दबाब र भेदभाव बिना सहमतिको प्रयास गर्ने स्पष्ट पारेका हुन्। अध्यक्षमा सकेसम्म सहमति गर्ने नभए लोकतन्त्रिक विधिबाट चयन हुने उनको भनाइ थियो ।  

महाधिवेशनमा प्रतिनिधिले नछाने आफूपनि अध्यक्षबाट हट्न तयार रहेको बताउँदै उनले प्रतिनिधिले अध्यक्षमा निरन्तरता दिए त्यसका लागि पनि सकारात्मक रहेको बताए ।  

११ औं महाधिवेशनमा नेता इश्वर पोखरेलले अध्यक्ष पदमा गरेको घोषणा बारे आफूलाई जानकारी नभएको अध्यक्ष ओलीको भनाइ थियो । उनको प्रश्न थियो, बाहिरबाहिर अध्यक्षमा उम्मेदवारी दिएँ भन्ने कमरेड पोखरेलको कुरालाई कसरी बुझ्ने ? 

प्रकाशित: २५ मंसिर २०८२ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App