८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

डा.अमरेश सिंह रास्वपामा प्रवेश

नेपाली कांग्रेसका पूर्व नेता डा.अमरेश कुमार सिंह  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । रास्वपाले चुनावी अभियान सुरु गरेकै दिन उनी औपचारिकरूपमा पार्टी प्रवेश गरेका हुन् । २०७९ सालको निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले कांग्रेस छाडेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनी विघटित प्रतिनिधि सभाका सांसद थिए ।  

जनकपुरमा आयोजित चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितका नेताहरुले डा.सिंहलाई औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन् ।  

लगत्तै सोही सभालाई सम्बोधन गर्दैै डा.सिंहले मुलुक बालेनमय बनेको दाबी गर्दै बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमीमा आत्मदाह गर्ने बताए । उनले बालेन प्रधानमन्त्री बनेको दिन मधेश आन्दोलन सफल हुन दाबी पनि गरे । 

प्रकाशित: ५ माघ २०८२ १५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App