२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘स्ट्रीट फुड’ व्यवस्थित गर्ने कानुन बनाउन माग

कोशी प्रदेशकी सांसद मीना श्रेष्ठले स्टीट फुड व्यवस्थित गर्ने कानुन बनाउन माग गरेकी छन् । बुधबारको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद श्रेष्ठले सडकका किनारमा जथाभावी खाद्य परिकार वेचविखन गरिरहेको देखिए पनि त्यस्ता खानेकुराका पसललाई नियमन गर्ने कुनै कानुन नभएको बताइन् ।  

कोशी प्रदेशका ठूला सहरमा स्ट्रीट फुडका लागि कानुन निर्माण गरेर छुट्टै स्थानको व्यवस्था गर्न उनले माग गरिन् । जसमा स्वास्थ्य, सरसफाइका मापदण्डहरूको पनि व्यवस्था गर्नुपर्ने श्रेष्ठको भनाइ छ । कोशी प्रदेशका ठूला सहरहरूमा सडकका छेउछाउमा जथाभावी खाना, खाजाहरू बेचविखन गरिंदै आएको तर, स्वास्थ्य मापदण्डलगायत व्यवसाय व्यवस्थित पार्ने काम भने नगरिएको उनले बताइन् । 

स्ट्रीट फुड भारतलगायतका देशहरूमा व्यवस्थित गरिएको र यस्ता व्यवसायबाट राज्यले कर पनि संकलन गरिरहेको भए पनि नेपालमा अझै अनौपचारिक क्षेत्रकै रुपमा रहेको उनले बताइन् । स्ट्रीट फुडलाई व्यवस्थित गरे  रोजगारी सृजना  हुने, उपभोक्तालाई स्वास्थ खाना उपलब्ध गराउन सकिने  र सरकारको आम्दानीसमेत बढ्ने उनको भनाई छ । 

सडक छेउछाउमा ठेला राखेर, खाजा, खाना बच्ने, हटियाहरूमा स्थानिय परिकारहरू बेचविखन गर्नेको संख्या ठूलो यकिन तथ्यांक सरकारी निकायहरूसँग रहेको पाइदैन ।  

प्रकाशित: १४ श्रावण २०८२ १८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App