नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित एक दर्जनभन्दा बढी वाम समूहहरूले नेपाली कम्युनिष्ट पार्टी गठनको प्रक्रिया अघि बढाएका छन्। पार्टी संयोजक र सह–संयोजकबाहेकका सबै पद र समितिहरू आपसी सहमतिमा गठन हुने तयारी भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। एकीकृत पार्टीको केन्द्रीय समिति र संरचना पनि यही प्रक्रियाअनुसार टुंगिनेछ।
फागुन २१ गते हुने आम निर्वाचनका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समयसीमा यही ३० गते भित्र सकिनुपर्ने जानकारी निर्वाचन आयोगले दिएको थियो।
निर्वाचन व्यवस्थापन र समयको चापका कारण एकीकरणपूर्व कायम स्थायी समिति सदस्यहरूको सूची आयोगमा पेश गरिएको थियो। कानुनअनुसार एक तिहाइ महिला सदस्य समावेश गर्नुपर्ने प्रावधान पूरा गर्न केन्द्रीय कार्यालयमा उपस्थित भै हस्ताक्षर गरेका १३ महिला सदस्यको नाम सूचीमा थपिएको हो। सचिवालयले स्पष्ट पारेको छ कि यो कुनै अलग संरचना होइन।
सचिवालयले भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ र बाँकी एकीकरण कार्य पूरा गर्न जोड दिएको छ।
प्रकाशित: २८ कार्तिक २०८२ ११:५२ शुक्रबार





