१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

संविधान संशोधन सर्वदलीय सहमतिबिना हुँदैन : देउवा

तस्बिर : चुमन बस्नेत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय सहमतिबिना संविधान संशोधन नहुने बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिने भएकाले सर्वदलीय सहमतिबिना संविधान संशोधन नहुने स्पष्ट पारेका हुन्।

देउवाले भने, ‘संविधान संसोधनका लागि दुई तिहाइ बहुमत चाहिन्छ। अहिले दुई तिहाइ पुग्दैन। त्यसैले सर्वदलीय सहमति नगरी संविधान संशोधन हुँदैन।’

सामाजिक सञ्जाल बन्द गरिएको विषयमा सोधिएको प्रश्नमा देउवाले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नभनेको दाबी गरे। देउवाले भने, ‘सामाजिक सञ्जाल बन्द गर कहाँ भनिएको छ। दर्ता गर पो भनिएको हो त। अदालतले पनि त्यहि भनेको छ। बन्द गर भनेको छैन।’

सरकार पुनर्गठनका विषयमा पत्रकारले सोधेको प्रश्नमा देउवाले आफूलाई थाहा नभएको बताए। उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा नभएको दाबी गरे।

प्रकाशित: २१ भाद्र २०८२ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App