काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा संस्थापन (देउवा) पक्षका नेताहरूको समेत बाक्लो उपस्थिति देखिएको छ।
महाधिवेशनमा सहभागी हुन देउवा निकट मानिने पूर्वसांसद तथा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, विनोद चौधरी, डिला सङ्ग्रौला, उदय शम्शेर राणा, देवेन्द्र कँडेल लगायतका नेताहरू भृकुटीमण्डप पुगेका हुन्।
यस्तै, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, अर्जुन जोशी, राजन केसी, जानकी सिंह, अब्दुल सत्तार, दिलमान पाख्रिन, नानु बास्तोला, आङ्गेलु शेर्पा, योगेन्द्र चौधरी, हृदयराम थानी, सुनिल शर्मा, मैकुलाल बाल्मीकि लगायतका नेताहरू पनि महाधिवेशनस्थलमा देखिएका छन्।
विशेष महाधिवेशनको उद्घाटन सत्रको मञ्च व्यवस्थापन भने परम्परागतभन्दा फरक शैलीको देखिएको छ।
मञ्चमा नेताहरूका लागि कुर्सी राखिएको छैन। मञ्चमा आसिन शीर्ष नेताहरू कुसन (गद्दा) मा बसेका छन्। यद्यपि, तल रहेका कार्यकर्ता तथा प्रतिनिधिहरूका लागि भने कुर्सीको व्यवस्था गरिएको छ।
अहिले उद्घाटन सत्र जारी छ र नेताहरूले आ-आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।
हेराैं तस्बिरहरु। सबै तस्बिर: पुष्प भट्ट/नागरिक












प्रकाशित: २७ पुस २०८२ १५:३४ आइतबार





