बारा निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धितालले फराकिलो अग्रता कायम गरेका छन्।
धितालले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पारेका हुन्। उनले १ हजार ५ सय ४४ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकीले ४ सय ७४ मत पाएका छन्। रास्वपाका धिताल र बुढाथोकीबिच १ हजार ७० मतको अन्तर रहेको छ।
यस्तै, नेकपा एमालेका अच्युत मैनाली ३०२ मत ल्याएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०७:०० शुक्रबार





