२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

सबै दलसँग न्यूनतम सहमति कायम गर्ने रणनीतिमा कांग्रेस

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँग न्यूनतम सहमति कायम गर्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रियसभा निर्वाचनमा मतभार रहेका राजनीतिक दलहरूसँग सम्भावित सहकार्यबारे संवाद जारी राख्ने निर्णय भएको जानकारी दिए।

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा मत प्रभाव भएका सबै दलहरूसँग छलफल गरी सम्भावित तालमेल गर्नेबारे विचार भइरहेको छ। आज पनि अन्तरपार्टी छलफल हुन्छ, र भोलि कार्यसम्पादन समिति फेरि बसेर निर्णय लिन्छ।’

डा. महतले उम्मेदवारको छनोट मंगलबारको कार्यसम्पादन समिति बैठकबाट तय गरिने पनि बताए।

प्रकाशित: २१ पुस २०८२ १७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App