२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ कार्यसूची

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको १६ औँ बैठक आज (मंगलबार) बस्दैछ। दिउँसो एक बजे बस्ने गरी तय भएको उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा मुख्य गरी दुईवटा कार्यसूची रहेका छन्। बैठकको सुरुमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सदनसमक्ष पढेर सुनाउने छन्।

त्यसलगत्तै, बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। छलफलको सुरुवात गर्दै अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव प्रस्तुत भएपछि बजेटमाथिको सामान्य छलफल औपचारिक रूपमा अघि बढ्ने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App